प्रधानमन्त्री नियुक्तपछि बधाई दिने क्वात्रा पहिलो विदेशी राजदूत

काठमाडौं । प्रधानमन्त्री शेरवहादुर देउवालाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भेट गरी बधाई दिएका छन् ।
देउवाको निजी निवास बुढानीलकण्ठ पुगेर राजदूत क्वात्राले बधाई दिएका हुन् ।




भेटमा राजदूत क्वात्राले नेपाल र भारतबीचको बहुआयामिक साझेदारी र जनता–जनताबीचको सम्बन्धलाई अझ सुदृढ गर्न देउवाको टिमसँग मिलेर काम गर्न तयार रहेको भारतीय राजदूतावासले जनाएको छ ।
देउवा प्रधानमन्त्री नियुक्त भएपछि बधाई दिने क्वात्रा पहिलो विदेशी राजदूत हुन् ।
प्रतिक्रिया दिनुहोस्