प्रधानमन्त्री देउवा र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबिच भेटवार्ता

श्रोत : ईन्टरनेट

१३ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग अमेरिकाका दक्षिण तथा मध्य एसिया मामिलाका सहायक विदेशमन्त्री डोनाल्ड लु भेटवार्ता गरेका छन् । 

अमेरिकी सहायक विदेशमन्त्री लुसँग दुई देशबीचकाे मैत्रीपूर्ण र सहयाेगी सम्बन्धका बारेमा विचार आदानप्रदान भएकाे प्रधानमन्त्री देउवाले ट्विट गर्दै जानकारी दिएका छन् । 

frontline

प्रधानमन्त्री देउवाले अमेरिकाकाे निरन्तर विकास सहयाेगका लागि धन्यवाद दिँदै उच्च स्तरकाे आर्थिक संलग्नताकाे अपेक्षा गरेकाे बताएका छन् । 

यसअघि, अमेरिकी सहायक विदेशमन्त्री लुले परराष्ट्रमन्त्री डा नारायण खड्कासँग भेटवार्ता गरेका थिए ।

मन्त्रालयमा आज (शुक्रबार) भएको भेटमा उनीहरूबीच द्विपक्षीय आर्थिक र विकास सहयोग, खाद्य सुरक्षा, कोभिड–१९ विरुद्धको खोपलगायत सहयोगका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

बिहीबार साँझ नेपाल आएका सहायक विदेशमन्त्री लुले यसअघि पनि गत मङ्सिरमा नेपालको भ्रमण गरिसकेका छन् । 

यो पटकको भ्रमणका अवसरमा उनले विभिन्न व्यावसायिक, नागरिक तथा सरकारी नेतृत्वसँग नेपाल–अमेरिका बीचको ७५ वर्षे लामो मित्रताका विविध आयामलगायत विषयमा कुराकानी गर्ने काठमाडाैंस्थित अमेरिकी दूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here