प्रधानन्त्री प्रचण्डले लिए अर्थमन्त्री पौडेल र गभर्नर अधिकारीसँग ब्रिफिङ

फाइल तस्बिर।

२० पुस, काठमाडौँ । प्रधानमन्त्रीले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसँग ब्रिफिङ लिएका छन्।

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले अर्थमन्त्री पौडेल र गभर्नर अधिकारीसँग छलफल गरेका हुन्।

frontline

देशको वर्तमान अर्थतन्त्रको अवस्था, बैंकिङ क्षेत्रमा देखिएका समस्या र तत्काल सुधार गर्नुपर्ने विषयका बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीले पछिल्लो समयमा देखिएका समस्या तथा चुनौतीहरुको विषयमा चासो राखेका थिए। छलफलका क्रममा प्रधानमन्त्रीले ब्याजदर घटाउन तथा तरलताको समस्याका बारेमा मौद्रिक नीतिमा सुधारका साथै अन्य आवश्यक पहलकदमी गर्नुपर्नेमा जोड दिएका थिए।

यस्तै, प्रधानमन्त्रीले देशको अर्थतन्त्रमा देखिएको चुनौतीका कारण जनतामा परेको असरलाई न्यूनिकरण गर्ने उपायहरुको खोजी गर्न,अनुत्पादक क्षेत्रमा ऋण प्रवाह रोक्न तथा अर्थतन्त्रको अवस्थाबारे जनतालाई सुसुचित र सचेत तुल्याउन आवश्यक रहेको बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here