प्रदेश २ सरकारद्वारा सञ्चार माध्यमलाई सौर्य उर्जा जडानमा सहयोग गर्ने

श्रोत : ईन्टरनेट

शनिबार, वीरगञ्ज । प्रदेश २ सरकारले सञ्चारमाध्यमलाई सौर्य उर्जा जडानमा सहयोग गर्ने तयारी गरेको छ ।

प्रदेश नं २ का उर्जा तथा खानेपानी विकास मन्त्री ओमप्रकाश शर्माले सञ्चारमाध्यमलाई सौर्य उर्जा जडानमा सहयोग गर्ने तयारी भइरहेको बताएका हुन् ।

frontline

विद्युतमा लाग्ने खर्च कटौतीमा योगदान मिलोस् भन्ने उद्देश्यले सञ्चारमाध्यमलाई वैकल्पिक उर्जा सहयोग गर्ने सोच आफूले बनाएको उनको भनाइ छ ।

आफ्नो सम्मानमा प्रेस युनियन पर्साद्वारा वीरगञ्जमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री शर्माले सौर्य उर्जा जडानमा कसरी सहयोग गर्ने भनेर कार्यविधि बनाउन सरोकारवालासँग छलफल भइरहेको बताए ।

‘रेडियो, टेलिभिजनलगायतका सञ्चारमाध्यम सञ्चालनका क्रममा विद्युतमा ठूलै रकम खर्च हुने गरेको सुनेको छु । विज्ञापनको बजार सानो भएकोले त्यतिधेरै आम्दानी पनि हुँदैन ।

सोलार जडान गर्न सके उनीहरुको विद्युत खर्च कटौती हुन्थ्यो’ उनले भने, ‘निजी सञ्चारमाध्यमलाई कसरी सहयोग गर्न सकिन्छ भनेर सल्लाह भइरहेको छ । त्यसपछि कार्यविधि बनाएर योजना अघि बढाउँछौं ।’

एउटा रेडियोले मासिक ३० हजार भन्दा बढी विद्युत महशुल तिर्दै आएका छन् ।

तीन वर्ष विरोध गरेको सरकारलाई जोगाउन बाध्यतावश सरकारमा जानु परेको बताउँदै उनले उर्जा र खानेपानी सेवा विस्तारका लागि सकेको काम गर्ने बताए ।

‘काम गर्नका लागि साधन स्रोतले मात्रै हैन, इच्छा आकांक्षा पनि चाहिन्छ’ उनले भने, ‘सीमित स्रोत र साधनलाई प्रयोग गरेर उर्जा र खानेपानीको क्षेत्रमा मात्रै काम गर्ने जिम्मेवारी मलाई मिलेको छ । तर सिमरा एयरपोर्टको विस्तार लगायतका विषयलाई म सम्बन्धित निकायमा उठाउँछु ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here