प्रदेश २ राज्यमन्त्री रुबी कर्ण सवार गाडी दुर्घटना, ६ जना घाइते

२१ पुस, सप्तरी । प्रदेश २ कि आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुबी कर्ण सवार गाडी दुर्घटना भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् ।

सप्तरीको छिन्नमस्ता गाउँपालिका- ६ मा एक महिनाअघि अज्ञात समूहबाट हत्या गरिएका मुक्ति मण्डलको परिवारलाई भेटेर फर्किने क्रममा बुधबार साँझ राज्यमन्त्री सवार गाडी दुर्घटना भएको हो ।

frontline

ज १ झ ४०६ नम्बरको गाडी छिन्नमस्तना गाउँपालिका १ स्थित जोलहनिया पुल नजिक घुमाउने क्रममा दुर्घटना भएको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

उनका अनुसार गाडीमा सवार राज्यमन्त्री कर्ण, सप्तरीको खडक नगरपालिका ६ बस्ने ४० बर्षीय जयप्रकाश चौधरी, सोही नगरपालिकाको वडा नम्बर ८ बस्ने ४५ बर्षीय प्रथमलाल राम, राजविराज नगरपालिका बस्ने ३० बर्षीय ध्रुब मण्डल, गाडी चालक शम्भुनाथ नगरपालिका ६ बस्ने २५ बर्षीय विवेक मण्डल र राज्यमन्त्रीका सुरक्षा गार्ड तुलसीप्रसाद साह घाइते भएका छन् ।

घाइतेहरुको स्थानीय मेडिकलमा उपचारका लागि पठाइएको र उनीहरुको अवस्था सामान्य रहेको काफ्लेले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here