प्रदेश १मा ३२ अर्ब ४६ करोड ९२ लाखको बजेट

बजेट प्रस्तुत गर्दै, आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङ

१५ अर्ब ५ करोड ३५ लाख पुँजीगत खर्चका,  १४ अर्ब १६ करोड १५ लाख अर्थात ४३.६ प्रतिशत चालु खर्च
स्वाथ्य क्षेत्रको लागी ३ अर्ब २५ करोड बजेट विनियोजन

विराटनगर ।  प्रदेश १ सरकारले आर्थिक बर्ष २०७८/७९ को लागि ३२ अर्ब ४६ करोड ९२ लाखको बजेट ल्याएको छ । आज आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बोहाङले बजेटको ४६.३ प्रतिशत अर्थात १५ अर्ब ५ करोड ३५ लाख पुँजीगत खर्चका लागि छुट्याइएको छ र १४ अर्ब १६ करोड १५ लाख अर्थात ४३.६ प्रतिशत चालु खर्च रहेको बताएका छन्।

यस्तै, स्थानीय तहमा वित्तिय हस्तान्तरणमा ३ अर्ब २२ करोड ४३ लाख रहेको र बित्तिय व्यवस्थातर्फ ३ करोड रहेको मन्त्री आङ्बोहाङले बजेट बक्तव्यमा बताए । तर, प्रदेश १ सरकारले गत आर्थिक बर्षमा ल्याएको भन्दा यो बजेट हाराहारी ८ अर्ब कम हो । गत आर्थिक बर्ष २०७७/७८ को लागी ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजारको बजेट प्रदेश सरकारले ल्याएको थियो ।

frontline

यस बर्षको बजेटमा प्रदेश सरकारले पुर्वाधार र स्वाथ्य क्षेत्रमा सबैभन्दा धेरै विनियोजन गरिएको छ । प्रदेश सरकारले ल्याएका विभिन्न सडक, पक्की पुल लगायतका सडक तथा अन्य पुर्वाधारको लागि १३ अर्ब २१ करोडको बजेट रहेको छ । यस्तै स्वाथ्य क्षेत्रको लागी ३ अर्ब २५ करोड बजेट विनियोजन भएको छ ।

सार्वजनिक बजेटको पूर्णपाठ :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here