प्रदेश १ मा पुनः बढ्यो कोरोना संक्रमण

१५ साउन, विराटनगर । केही समययता प्रदेश नम्बर–१ मा कोरोना संक्रमितको संख्या पुनः बढेको छ ।

प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाको उत्परिवर्तित ओमिक्रोनको नयाँ प्रजातिका कारण प्रदेशमा संक्रमितको संख्या दैनिक रूपमा बढ्दो छ ।

frontline

मन्त्रालयको तथ्यांकानुसार खासगरी सहरी क्षेत्रमा संक्रमितको संख्या धेरै छ । त्यसमा पनि प्रदेश राजधानी विराटनगरमा संक्रमितहरू बढ्दै गएका छन् ।

अहिले प्रदेशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ४०९ छ । तीमध्ये १० जनाको अस्पतालमा उपचार भइरहेको छ । एचडीयू बेडमा आठ र आईसीयूमा दुई संक्रमित उपचाररत छन् ।

उनीहरूको विराटनगरस्थित कोसी अस्पताल र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

प्रदेशभर कोरोना संक्रमितको उपचार गर्न २१ अस्पताल तथा स्वास्थ्य केन्द्रहरूमा एक हजार ९६ बेडको व्यवस्था गरिएको छ ।

यसैबीच, विराटनगर महानगरपालिकामा रोकिएको स्वाब संकलन र कोरोना परीक्षण सुरु गरिएको छ ।

शंकास्पद संक्रमितको एन्टिजेन परीक्षण र स्वाब संकलन गर्ने व्यवस्था गरिएको सहरी स्वास्थ्य महाशाखाका प्रमुख डा. विशालकुमार देवले जानकारी दिए ।

प्रदेश–१ मा परीक्षण गरिएका मध्ये ४२.१ प्रतिशतमा संक्रमण पुष्टि हुने गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here