प्रदीप गिरीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगिन् राष्ट्रपति भण्डारी

फाइल तस्बिर

४ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको स्वास्थ्यलाभको कामना गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले शनिबार ललितपुरको मेडिसिटी अस्पतालमा पुगेर गिरीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी हुन् ।

frontline

बिहान ११ बजेपछि अस्पतालमा पुगेकी राष्ट्रपति भण्डारीलाई अस्पताल सञ्चालक समितिका अध्यक्ष उपेन्द्र महतोले नेता गिरीको स्वास्थ्य अवस्थाबारे जानकारी गराएका थिए । राष्ट्रपति भण्डारी करिब एक घण्टासम्म अस्पतालमै रहेर परिवारका सदस्यहरूसँग कुराकानी गरेकी थिइन् ।

राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले राष्ट्रपति भण्डारीले शनिबार बिहान अस्पतालमा पुगेर नेता गिरीको स्वास्थ्य लाभको कामना गरेको जानकारी दिए ।

‘राष्ट्रपतिज्यूले अस्पतालमै पुगेर नेता गिरीको स्वास्थ्यबारे जानकारी लिनुभएको छ । उहाँको स्वास्थ्य लाभको कामना समेत गर्नुभएको छ,’ उनले इकान्तिपुरसँग भने ।

घाँटीको क्यान्सर भएपछि भारतमा गएर शल्यक्रिया गरेका सांसद गिरी गत ९ साउनमा मेडिसिटी अस्पतालमा भना भएका थिए । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here