प्रत्येक मृतकको घरमा सहानुभूति दिन पुग्छन् पालिका अध्यक्ष कार्की
रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्की सर्वसाधरणको निधनमा भ्याएसम्म परिवारकाे घरमै पुगेर समवेदना प्रकट गर्छन् । पालिका अध्यक्षमा निर्वाचित भएयता उनले पालिकाभित्रका कयौँ परिवारलाई प्रत्यक्ष भेटेर समवेदना प्रकट गरिसकेको छन् ।
अध्यक्ष कार्कीले सोमबार मात्र वडा नं ७ र ८ का दुई परिवारसँग भेटघाट गरेर समवेदना प्रकट गरेका छन् । वडा नं ८ का मोहनसिंह लाम्टाङ्गे को ५५ वर्षको उमेरमा गत माघ २९ गते निधन भएको थियो भने वडा नं ७ डवकी ७९ वर्षीय खगीसरा थामीको गत माघ २९ मा निधन भएको थियो ।
अध्यक्ष कार्कीले लाम्टाङ्गे र थामी परिवारलाई भेटेर समवेदना व्यक्त गरेका हुन् । समवेदना व्यक्त गर्न उनीसँगै वडा नं ८ का पूर्व वडाध्यक्ष नारायणबहादुर लाम्टाङ्गे तथा पालिकाका रोजगार सहायक शिव प्रसाद पोखरेलसमेत पुगेका थिए ।
समय मिलेसम्म स्थानीयको दुखद् समयमा साथ दिन पुग्ने गरेको बताउँदै अध्यक्ष कार्की भन्छन्, ‘पालिकाभित्रका सबै स्थानीय मेरा परिवार हुन् । समय मिलेसम्म उहाँहरुलाई भेटेर अवस्था बुझ्छु र आवश्यक परे सकेको सहयोग गर्छु ।’
प्रतिक्रिया दिनुहोस्