प्रत्यासी बाहेकका नेताहरूसँगको छलफल कार्यक्रम स्थगित

श्रोत : ईन्टरनेट

नेपाली कांग्रेस १४ औं महाधिवेशनमा सभापतिका प्रत्यासी नेतात्रय विमलेन्द्र निधि, डा. शशांक कोइराला र प्रकाशमान सिंहले पार्टीको १३ औं महाधिवेशनका सभापतिको प्रत्यासी बाहेकका नेताहरूसँग छलफल गर्ने पूर्वनिर्धारित कार्यक्रम स्थगित 

काठमाडौं । नेपाली कांग्रेस १४ औं महाधिवेशनमा सभापतिका प्रत्यासी नेतात्रय विमलेन्द्र निधि, डा. शशांक कोइराला र प्रकाशमान सिंहले पार्टीको १३ औं महाधिवेशनका सभापतिको प्रत्यासी बाहेकका नेताहरूसँग छलफल गर्ने पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेका छन् ।

कार्यव्यस्तताको कारण देखाउँदै शुक्रबारको कार्यक्रम स्थगित गरिएको हो ।

frontline

‘क्रियाशील सदस्यता छानबिन समिति, पार्टी पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बस्नु पर्ने भएकाले आजका लागि हामी तीन जनाले तय गरेको केन्द्रीय सदस्यहरूसँगको अनौपचारिक छलफल कार्यव्यस्तताका कारण स्थगित भएको जानकारी गराउँदछु,’ नेता प्रकाशमान सिंहले भनेका छन् ।

कांग्रेस उपसभापति निधि, महामन्त्री डा. कोइराला र पूर्वमहानमन्त्री सिंहले आगामी भदौमा तय भएको १४ औं महाधिवेशनमा सभापतिमा दाबी गर्दै आएका छन् ।

उनीहरु तीनैजना आ–आफ्नो निवासमा पालैपालो संयुक्त बैठक पनि बस्दै आएका छन् ।

पछिल्लो पटक ठमेलको चाक्सीबारीस्थित सिंह निवासमा उनीहरुबीच महाधिवेशन केन्द्रित छलफल भएको थियो ।

सो बैठकले क्रियाशील सदस्यता सम्बन्धी समस्याको तत्कालै विधि प्रक्रिया भित्र रहेर समाधान खोज्दै महाधिवेशन केन्द्रित हुने र असार १८ गते शुक्रबार पार्टीको १३ औं महाधिवेशनका सभापतिको प्रत्यासी बाहेकका नेताहरूसँग छलफल गर्ने तय गरेको थियो ।

निर्धारित मितिभित्र महाधिवेशन सम्पन गराउनुको विकल्प नभएकाले महाधिवेशनको वातावरण बनाउँदै आवश्यकता अनुसार भेटघाट र छलफलका क्रमहरुलाई निरन्तरता दिंदै जाने नेता सिंहको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here