प्रतिलिटर ९ रुपैयाँले बढ्यो दूधको उपभोक्ता मूल्य

२७ माघ, काठमाडौं । सरकारी स्वमित्वको दूग्ध विकास संस्थान (डीडीसी) ले प्रशोधित स्टान्डर्ड दूधको उपभोक्ता मूल्य प्रतिलिटर ९ रुपैयाँले बढाउने निर्णय गरेको छ ।
मूल्य बृद्धिसंगै अब काठमाडौं, विराटनगर, हेटौंडा र जनकपुरमा दूधको प्रतिलिटर मूल्य ८५ रुपैयाँ पुगेको छ । यस्तै वुटवल भैरहवामा एक लिटरको मूल्य ८१ र नेपालगन्ज र धनगढी क्षेत्रमा प्रतिलिटर मूल्य ७९ रुपैयाँ कायम भएको छ । यस अघि काठमाडौंमा ७६, वुटवल भैरहवामा ७२ र नेपालगन्ज क्षेत्रमा दूधको प्रतिलिटरमूल्य ७० रुपैयाँ थियो ।




संस्थानको बुधबार बसेको बोर्ड बैठकले नयाँ उपभोक्ता मूल्य निर्धारणको निर्णय गरेको बोर्ड स्रोतले जानकारी दियो । बढेको मूल्य शुक्रबारदेखि लागू हुनेछ ।
बुधबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले संस्थानलाई दूधको मूल्य बढाउन अनुमति दिएको थियो । तीन इकाइ फ्याट र ८ इकाइ एसएनएफको आधारमा प्रशोधित दूधको मूल्य तोक्न मन्त्रालयले सहमति दिएको थियो ।
यसअघि मन्त्रिपरिषद् बैठकले किसानले पाउने गरी कच्चा दूधको मूल्य ६ रुपैयाँ ५२ पैसाले बढाउने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्