प्रतिनिधिसभामा विपक्षीको विरोध

समाचार सारांश
- प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै विपक्षी दलहरूले विरोध जनाए।
- सभामुख देवराज घिमिरेले सदन सुरु भएको जानकारी गराउँदा विपक्षीहरूले विरोध गरे।
- विपक्षी दलहरूको विरोधका कारण बैठक अघि बढ्न सकेन।
काठमाडौँ । प्रतिनिधिसभा बैठक सुरु हुनेवित्तिकै विपक्षी दलहरूले विरोध गरेका छन् । सभामुख देवराज घिमिरेले सदन सुरु भएको जानकारी गराउना साथ विपक्षीहरूले उठेर विरोध गरेका हुन् ।
भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै विपक्षी दलहरूले मंगलबारदेखि संसद् अवरुद्ध गर्दै आएका छन् । विपक्षीले नाराबाजी गरेपछि मंगलबार आधा घण्टाका लागि स्थगित भएको बैठक पछि सूचना टाँसेर आज बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको थियो । आज दुई घण्टा ढिलो गरेर बैठक सुरु हुँदावित्तिकै विपक्षीले विरोध गरेका हुन् ।




प्रतिक्रिया दिनुहोस्