प्रतिनिधिसभामा टिकट पाए जितेर देखाउँछु ः प्रकाश श्रेष्ठ

फ्रन्टलाइन, काठमाडौँ । संसदिय निर्वाचनको संघारमा छ मुलुक यतिबेला । मुलुकभर चुनावी सरगर्मी बढेको छ । लोकतान्त्रिक मुलुकका लागि आवधिक निर्वाचन एउटा उत्कृष्ट नेतृत्व प्राप्तीको अवसर हो । यसर्थ यो एउटा चाड नै पनि हो । चुनावको मिति घोषणा भएसंगै उमेद्वारी दिने तयारी र पार्टीको शिर्ष नेतृत्व तहमा टिकट प्राप्तीका लागि कसरत गर्ने नेता कार्यकर्ताको संख्या ह्वात्तै बढ्न थालिसकेको छ । यस अघिको निर्वाचनमा टिकट पाएर निर्वाचित भएकाहरु फेरी टिकट प्राप्त गरि चुनावमा होमिन जोडबल गरिरहेका छन् भने पालो पर्खिरहेकाहरु पनि यसपालि टिकट पाएरै छोड्ने उद्धेश्य सहित लागिपरेका छन् ।
यस्तै गत स्थानिय तह निर्वाचनमा अरुलाई ठाउँ छोडेका नेताहरु पनि प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो स्थान बलियो बनाई छाड्ने दाउमा छन् भने प्रदेश सांसदका रुपमा काम गरिरहेकाहरु सकेसम्म प्रतिनिधिसभामा बढुवा हुने वा कम्तिमा प्रदेशसभा सदस्यको टिकट नछाड्नेमा दृढ छन् । प्रतिनिधिसभा सदस्य रहेकाहरु पुनः कार्यकाल दोहोर्याउने अभिलाषा सहित चुनावी मैदानमै रहने होडमा छन् ।
बागमती प्रदेशको काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नम्बर ७ ख बाट गत २०७४ सालको प्रदेशसभा निर्वाचनमा बिजयी हुँदै हाल प्रदेशसभा सदस्यका रुपमा रहनुभएका प्रकाश श्रेष्ठ एउटा यस्तो नाम हो जो निर्वाचन क्षेत्रको विकास र जनता लक्षित समृद्धिमा आफुलाई निरन्तर सक्रिय गराउँदै आउनुभएको छ । उहाँको पहल र सक्रियतामा काठमाडौँ क्षेत्र नं ७ ख मा थुप्रै विकास निर्माण र समृद्धिका कार्यहरु भएका छन् ।
सडक पुर्वाधार निर्माण र व्यवस्थापन, खानेपानी आयोजना निर्माण र व्यवस्थित वितरण प्रणाली स्थापना, स्वास्थ्य सेवा व्यवस्थापन, शिक्षा क्षेत्रको समग्र विकास, कृषि, पशुपालन एवम् उद्यमशिलता प्रवद्र्धन जस्ता आम नागरिकसंग प्रत्येक्ष सम्बन्ध राख्ने पाटोहरुमा स्थानिय सरकार र संघिय सरकारसंगको समन्वय समेतमा प्रदेशका तर्फबाट उल्लेख्य महत्वपुर्ण पहलकदमी गर्न सफल नाम हो प्रकाश श्रेष्ठ । यस्तै धार्मिक सम्पदा तथा पर्यटकिय सम्पदाहरुको विकास, संरक्षण, संवद्र्धन एवम् प्रवद्र्धन गरि गाउँठाउँको आर्थिक समृद्धिमा टेवा पुर्याउन सक्ने आधार तय गर्न पनि उहाँको भुमिका उल्लेख्य रहँदै आएको छ ।
उहाँको निर्वाचन क्षेत्रमा काठमाडौँका नागार्जुन र तारकेश्वर गरि दुई नगरपालिकाका वडाहरु पर्दछन् । स्थानिय तहमा रहेका यस अघिका जनप्रतिनिधि एवम् हाल आएका नयाँ र पुनःनिर्वाचित जनप्रतिनिधिहरु श्रेष्ठको विकासप्रेमी व्यक्तित्व र जनतामुखी सक्रियताप्रति आभारी छन् । प्रदेश मार्फत बन्नुपर्ने कानुन, नीति निर्माणका सबालमा होस या त बजेट बाँडफाँटलाई प्रभावकारी बनाउन उहाँले महत्वपुर्ण भुमिका निर्वाह गर्दै आउनुभएको छ ।
सधैँ जनतासंगै रहन रुचाउने र जनताका खास माग र मुद्धाबारे निरन्तर जानकारी लिने अनि सोही अनुरुप कार्यसम्पादनमा जोड दिने उहाँको नेतृत्वशैली प्रति आम नागरिकहरु सन्तुष्ट छन् । त्यसैले काठमाडौँ क्षेत्र नम्बर ७ कै जनता प्रकाश श्रेष्ठ प्रतिनिधिसभा सदस्य भएको हेर्न चाहान्छन् । उहाँ पनि पार्टीको शिर्ष नेतृत्व र आफ्ना नागरिकले चाहेमा वा रुचाएमा आफु प्रतिनिधिसभा सांसदको निर्वाचन जित्ने दाबी गर्नुहुन्छ । म जनताको नेता हुँ, सधैँ जनताको हितका लागि आवाज उठाउनेछु । प्रदेशसभामा रहँदा सकेको गरेँ अब प्रतिनिधिसभामा लड्ने मौका मिल्यो भने अझै धेरै जनताको सेवा गर्ने ठाउँमा पुग्नेछु ः सांसद श्रेष्ठको भनाई छ ।
उहाँको प्रदेशसभा सदस्यका रुपमा बिताएको कार्यकालले पुष्टी गरेको छ कि यदी संसदमा उहाँ जत्तिकै जुझारु व्यक्तिको प्रतिनिधित्व बढ्ने हो भने देश समृद्धिको बाटोमा छिटो अघि बढ्नेमा कुनै शंका रहँदैन । राजनीतिक दलहरुले विकासप्रेमी, जुझारु, जनताको बिचमा भिजेको, युवा र समृद्धि उन्मुख सोच बोकेका उमेद्वार खडा गर्नु अहिलेको आवश्यकता हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here