प्रतिनिधिसभाबाट तथ्याङ्क विधेयक- २०७८ बहुमतले पारित
२५ साउन, काठमाडौं । तथ्याङ्क विधेयक- २०७८ प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रियसभाको सन्देशसहितको उक्त विधेयक प्रस्तुत गरेका थिए।
सो क्रममा गृहमन्त्री बालकृष्ण खाणले ऐनलाई समय सान्दर्भिक बनाउन र तथ्याङ्कसम्बन्धी आवश्यकता पूरा गर्न विधेयक अघि बढाइएको जानकारी दिएका थिए।
तथ्याङ्क सङ्कलन गर्नु सरकारको दायित्व रहेको र देशभरका हरेक विषयको तथ्याङ्क सङ्कलन र उपयोग गर्न पनि यसले सहयोग गर्ने उनको भनाइ छ ।
उनले तथ्याङ्क विभागको कार्यालय ३३ जिल्लामा रहेको र ७७ जिल्ला हेर्नुपर्ने हुँदा सबै जिल्लामा कार्यालय विस्तार गर्ने र कर्मचारीको क्षमता अभिवृद्धि गराउन आवश्यक हुने बताए।
त्यसअघि बैठकमा सांसदहरुले विधेयकले तथ्याङ्कको विश्वस्तरको मान्यता, शुद्धता, गोपनीयताको विषयलाई समेत ध्यान दिनुपर्ने धारणा राखेका थिए ।
त्यस्तै प्रतिनिधिसभा बैठकबाट सपथ सम्बन्धी विधेयक २०७९ पनि पारित भएको छ ।
प्रतिक्रिया दिनुहोस्