प्रतिनिधि सभाको बैठक बस्दै

२२ भदौ, काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बुधबार बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बैठक सुरु हुनेछ ।

बैठकमा डा. भीम बहादुर रावलले ‘माथिल्लो कर्णाली जलविद्युत आयोजना विकास सम्झौताको कार्यान्वयन गर्न गराउन तथा जलविद्युतको धनी राष्ट्र नेपालमा रहेको जलस्रोत क्षमताको राष्ट्रिय हितमा प्रयोग हुने गरी संरक्षण र संवर्द्धन गर्न आवश्यक भएको’ भन्ने जरुरी सार्वजनिक महत्वको विषयमाथि ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीको ध्यानाकर्षण गराउने सम्भावित कार्यसूची रहेको छ ।

frontline

उक्त ध्यानाकर्षणको सम्बन्धमा यज्ञबहादुर बोगटी र राजबहादुर बुढाक्षेत्रीले स्पष्टीकरण माग गर्नुहुने कार्यसूची रहेको छ ।

यस्तै, बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रिय सभाको सन्देशसहितको ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ माथिको दफाबार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने, राष्ट्रिय सभाको सन्देशसहितको ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६’ माथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्ने, सञ्चारमन्त्री कार्कीले नै राष्ट्रिय सभाको सन्देशसहितको ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here