प्रचण्डले बोलाए पदाधिकारी बैठक

मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा जमिन भासिएर गाडी हराएको ठाउँमा अघिल्लो पुस्ताले हलगोरु पनि त्यसैगरी हराएको सुनाउँछन् ।

२१ वैशाख, काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको गैरीगाउँमा गुडिरहेको बोलेरो पिकअप भ्यान शुक्रबार दिउँसो भासिएर जमिनमुनि हरायो । शुक्रबार र शनिबार दुई दिनसम्म खोज्दा पनि गाडी भेटिएन । आइतबार सशस्त्र प्रहरीको टोलीलाई बोलाएर गाडी खोज्ने काम भइरहेको छ ।

frontline

हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १६ र १७ जोडिएको गैरीगाउँको भित्री कच्ची सडकमा शुक्रबार दिउँसो घाँस काट्ने मेसिन बोकेको स्थानीय हरिराम राईको ना ४ च ४८३३ नम्बरको सिंगल क्याब पिकअप गाडी भासिएको हो ।

गाडी धसिँदै जान थालेपछि सहचालक र चालकले गाडीलाई पछाडिबाट डोरीले बाँधेर तान्ने प्रयास गरे । तर सकेनन् । एउटा भिडियोमा उनीहरुले टेलिफोन गरेर गाडी धसिएको जानकारी कसैलाई गराउँछन् । अर्कोतर्फबाट बोल्ने व्यक्तिले ट्याक्टर लगाएर तान्न सुझाव दिन्छन् । तर उनले गाडी पुरै जमिनमुनि डुबिसेकेकाले ट्याक्टर लगाएर तान्न सम्भव नहुने बताउँछन् ।

गाडी भासिएको त्यो ठाउँमा अहिले ठूलो खाल्डो परेको छ र त्यो खाल्डो धमिलो पानीले भरिएको छ । बाटोमा गुडिरहेको गाडी भासिएर जमिनमुनि हराएको घटनाले धेरैको ध्यान तानेको छ ।

त्यहाँको भूगोल कस्तो छ ?

गाडी भासिएको सडकको दायाँ–बायाँ माछापालन पोखरी छन् । त्यो सडककै छेउँमा पानी तान्ने बोरिङ गाडिएको छ । उक्त बोरिङ गाडी धनी हरिराम राईले माछापोखरीमा पानी हाल्ने प्रयोजनका लागि गाडेका थिए । त्यही बोरिङसँगै सडक भासिएर गाडी हराएको हो ।

गाडी धसिँदै भित्र छिर्न थालेपछि डोरीले गाडी तान्ने प्रयास गरेका व्यक्तिले बोरिङमा गाडी छिरेको बताएको भिडियोमा सुनिन्छ ।

त्यही ठाउँमा गोरु पनि भासिएर हराएका थिए

स्थानीयका अनुसार अहिले बाटो बनेको र दायाँबायाँ पोखरी बनेको ठाउँ पहिले दलदल थियो । त्यो दलदलमा स्थानीयका हल गोरु हराउने घटना पनि भएका थिए ।

जमिन भासिएको ठाउँ पर्ने हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १६ का अध्यक्ष रामकृष्ण कोइराला भन्छन्, ‘अहिले ठ्याक्कै मिति थाहा छैन र तर हामी सानै छँदा ७–८ हल गोरु धसिएको भनेर बुढापाकाहरुले भन्छन् । म अलि ठूलो भएपछि पनि एक हल गोरु धसिएर जमिन मुनि नै हराएको सम्झना छ ।’

उनका अनुसार केही वर्षयता भने जमिन सुक्खा भएर साह्रो भएको थियो । त्यसैले त्यहाँ बाटो पनि बनाइयो । ‘अहिले दलदल छैन, सुकेर जमिन साह्रो छ । त्यही भएर मेरो पहिलो कार्यकालमा त्यहाँ ६–७ वर्ष

अगाडि बाटो बनाइएको हो,’ वडाध्यक्ष कोइरालाले भने, ‘अहिले त्यही बाटोमा गाडी धसिएर जमिन मुनि हरायो ।’ गाडी खोज्नका लागि आज सशस्त्र प्रहरीलाई पनि बोलाइएको उनले जानकारी दिए ।

हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरतराज गौतम पनि धेरै वर्ष अगाडि त्यो ठाउँमा दुई वटा गोरु जमिनमुनि धसिएर हराएको भन्ने सुनेको बताउँछन् ।

उनले भने, ‘मलाई नगर प्रहरीले रिपोर्टिङ गरे अनुसार त्यहाँ पहिले दलदल थियो रे, त्यहाँ इनार पनि थियो रे, पछि इनार पुरिएको थियो रे । दुई वटा गोरु पनि लापता भएका थिए रे ।’

अहिले यही ठाउँमा गाडी हराएको र हेटौंडा उपमहानगरपालिकाको क्षेत्रभित्र पर्ने भएकाले भूगर्भविदहरुसँग पनि परामर्श गरेर अघि बढ्ने उनले बताए ।

गाडी हराएको घटनाको दुई दिनपछि बल्ल हेटौंडा उपमहानगरपालिकामा विपद व्यवस्थापन समितिको बैठक बोलाइएको छ । मेयर मिना लामाले गाडी भासिएको घटनाबारे छलफल गर्न विपदको बैठक बोलाइएको जानकारी दिइन् ।

भूगर्भ विभागलाई छैन औपचारिक जानकारी

हेटौंडामा जमिनमा धसिएर गाडी नै हराउँदासमेत खानी तथा भूगर्भ विभाग भने बेखबर छ । विभागकी उपमहानिर्देशक मोनिका झा हेटौंडाको घटनाबारे मिडियाबाट थाहा पाएको तर औपचारिक जानकारी नभएको बताइन् ।

उनले भनिन्, ‘मैले हिजो मिडियामा आएका समाचारबाट थाहा पाएँ । तर औपचारिक जानकारी हामीलाई छैन । कसैले सहयोग पनि मागेको छैन ।’

उनले हाल खानी तथा भूगर्भ विभाग महानिर्देशकविहीन भएकाले पनि कामकाजमा समस्या भइरहेको बताइन् ।

महानिर्देशक दिनेश नेपालीले घरायसी कारण देखाउँदै दिएको राजीनामा मन्त्रिपरिषद बैठकले स्वीकृत गरिसकेको छ । हाल बरिष्ठताको आधारमा झाले दैनिक प्रशासनिक कामकाज मात्र सम्हालिरहेकी छन् ।

‘महानिर्देशक नहुँदा अहिले विभाग आफैं अप्ठ्यारोमा छ,’ झाले भनिन् ‘हेटौंडामा गाडी धसिएर हराएको घटनाबारे कसैले रिपोर्टिङ गरेमा भूगर्भविदहरुको टोली पठाएर अध्ययन गर्नेछौं ।’

गाडी |दुर्घटना |हेटौंडा

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here