‘प्रचण्ड’को प्रतिवेदन सर्वसम्मतले पारित
१६ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको प्रतिवेदन सर्वसम्मतले पारित भएको छ ।
जारी आठौं महाधिवेशनमा प्रचण्डले प्रस्तुत गरेको २१औं शताब्दिमा समाजवादको नेपालीबाटो शिर्षकको वैचारीक तथा राजनीतिक दस्तावेज हलबाट सर्वसम्मतले पारित भएको हो ।
यस्तै चुनावपछि विशेष महाधिवेशन गर्ने निर्णय पनि भएको छ ।
प्रतिक्रिया दिनुहोस्