पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु
३० असोज, तानसेन । तानसेन नगरपालिका-२, नारायणस्थानको पोखरीमा पौडी खेल्ने क्रममा एक बालकको मृत्यु भएको छ।
आइतबार दिउँसो पोखरीमा पौडी खेल्न गएका तानसेन-६ टुँडिखेल नजिकै बस्ने शेषकान्त पराजुलीका १२ वर्षीय छोरा सुजल पराजुलीको ज्यान गएको हो।
पोखरीमा डुबेका पराजुलीलाई अस्थायी प्रहरी विट नारायणस्थानबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा उद्दार गरी युनाइटेड मिसन अस्पताल पुर्याइएको थियो।
मिसन अस्पतालका चिकित्सकले बालकलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी वीरेन्द्र थापाले बताए। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्