पौडी खेल्ने क्रममा एक युवक बेपत्ता

९ चैत, गुल्मी । गुल्मीमा वडिगार्ड खोलामा पौडी खेल्ने क्रममा एक जना युवक बेपत्ता भएका छन्।

जिल्लाको रुरुक्षेत्र गाउँपालिका–५ निवासी किरण गिरी बुधवार दिउँसो वडिगार्ड खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

frontline

गिरी छत्रकोट गाउँपालिका–१ रमौदीस्थित वडिगार्ड खोलामा पौडी खेल्न गएको प्रहरीले जनाएको छ।

उनको खोजी भईरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here