पोर्चुगलमा जङ्गलमा आगो लगाउने ७२ जना पक्राउ

६ कात्तिक, एजेन्सी । पोर्चुगलमा जङ्गलमा आगो लगाउने अपराध गरेका ७२ जनालाई यसवर्ष पक्राउ गरी कारबाही गरिएको छ । यहाँको सरकारले जङ्गलमा आगो लगाउने व्यक्तिहरुलाई कडा कारबाही गर्ने गरेको बताइएको छ ।

नेसनल रिपब्लिकन गार्ड (जिएनआर) का एक जना अधिकारीले पोर्चुगल सरकारले जंगलमा आगो लगाउनेलाई सरकारले कडा कारबाही गर्न थालेको जानकारी दिए ।

frontline

उनका अनुसार सन् २०२१ मा अर्थात् अघिल्लो वर्ष ५२ जनालाई पक्राउ गरी कारबाही गरिएकामा यसवर्ष मात्र त्यसमा कम्तीमा पनि ३८ प्रतिशतले बृद्धि भई देशव्यापी रुपमा ७२ जनालाई पक्राउ गरिएको थियो ।

जङ्गलमा आगो लगाउने अपराध गर्ने व्यक्तिलाई यहाँको सरकारले विशेष रुपमा खोज्ने गर्दछ । सरकारले यसवर्ष एक हजार एक सयभन्दा बढी व्यक्तिमा अनुसन्धान गरेर ती व्यक्ति भेटेको जनाएको थियो । उनीहरुमा गरिएको अनुसन्धानबाट ७२ जना दोषी पाइएको समाचारमा जनाइएको छ ।

यस वर्ष आगलागीबाट पोर्चुगलको कम्तीमा पनि एक लाख ११ हजार हेक्टरभन्दा धेरै जमिनको वन जङ्गल ध्वस्त भएको छ । यो सन् २०१७ पछिको सबैभन्दा धेरै आगलागी हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here