पोखरामा स्कुल बस दुर्घटना, उद्धार कार्य जारी
कास्की । कास्कीको पोखरा महानगरपालिका-२८ कालिकास्थानमा स्कुल बस दुर्घटना भएको छ। सौर्यमाझठानाबाट कालिकास्थानतर्फ आउँदै गरेको ग २ ख १४१७ नम्बरको बस सडकबाट करिब २०० मिटर तल खसेको हो ।

प्रारम्भिक विवरणअनुसार दुर्घटनाका बेला बसमा करिब २१ जना विद्यार्थी सवार थिए । घटनालगत्तै नेपाल प्रहरीले उद्धार कार्य सुरु गरेको छ ।
उद्धार गरिएका पाँच जनालाई उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल पठाइएको छ । दुर्घटनामा अन्य विद्यार्थीको अवस्था र घाइतेको सङ्ख्याबारे विस्तृत विवरण आउन बाँकी छ ।






प्रतिक्रिया दिनुहोस्