पोखरा महानगरको मतगणना पुन: सुरु
१० जेठ, पोखरा । पोखरा महानगरपालिकाको मतगणना पुन: सुरु भएको छ । वडा नम्बर १८ को पुनः मत गणनाको माग गर्दै नेकपा एमालेले प्रतिनिधि फिर्ता बोलाएपछि मत गणना रोकिएको थियो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले एमालेको निवेदन कारबाहीको क्रममा रहेको र यो विषय गम्भीर भएकाले थप कारबाही गर्ने प्रतिवद्धता जनाएको छ । लगतै गणना सुरु भएको छ ।
२२, ३२ र ३३ नम्बरको वडाको गणना बाँकी छ । ३० वटा वडाको गणना सकिसकेको छ ।
मेयरमा एकीकृत समाजवादीका धनराज आचार्यले ५७ हजार ७२ मत ल्याएका छन् भने नेकपा एमालेका कृष्णबहादुर थापाले ५१ हजार ५८७ मतका साथ उनलाई पछ्याइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्