पेट्रोलमा प्रतिलिटर ५ र र डिजेलमा ३ रुपैयाँ घट्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले शुक्रबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो। निगमले पेट्रोलको मूल्य प्रतिलिटर पाँच तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाएको जनाएको छ।

frontline

निगमका अनुसार पहिलो वर्गमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६७ रहेकामा एक सय ६२ कायम भएको छ। दोस्रो वर्गका लागि प्रतिलिटर एक सय ६९ रहेकामा एक सय ६४ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ७० रहेकामा एक सय ६५ कायम गरिएको छ।

साथै डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गका लागि एक सय ५५ रहेकामा एक सय ५२ कायम गरिएको छ। साथै दोस्रो वर्गका लागि एक सय ५७ रहेकामा एक सय ५४ र तेस्रो वर्गका लागि एक सय ५८ रहेकामा एक सय ५५ कायम गरिएको निगमले जनाएको छ।

पहिलो वर्गमा चारआली, बिराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज छन्। साथै दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा पोखरा, काठमाडौं, दीपायललाई राखिएको छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here