पूर्वसांसद जगतबहादुर ताजपुरियाको ७८ वर्षको उमेरमा निधन
१८ पुस, दमक । प्रजातान्त्रिक आन्दोलनका अग्रणी योद्धा एवं संविधानसभा सदस्य झापा, शिवसतासी-४ निवासी जगतबहादुर ताजपुरियाको ७८ वर्षको उमेरमा निधन भएको छ।
विसं २०१७ सालदेखि नेपाली कांग्रेसमा प्रवेश गर्दै प्रजातान्त्रिक आन्दोलनमा सक्रिय उनी केही दिन यता अस्वस्थ्य थिए।
प्रजातान्त्रिक आन्दोलनका क्रममा पटक-पटक पक्राउ परी जेल जीवन बिताउनुभएका उहाँको शनिवार राति आफ्नै निवासमा निधन भएको कांग्रेस झापाका पूर्वजिल्ला सचिव भक्ति सिटौलाले बताए।
विसं २०६४ सालमा नेपाली कांग्रेसकातर्फबाट समानुपातिक कोटामा उहाँ संविधानसभा सदस्य मनोनित भएका थिए।
उनका श्रीमती, तीन छोरा र एक छोरी हुन्। यसैबीच कांग्रेस झापाका सभापति देउकुमार थेवेले ताजपुरियाको निधनले नेपालको प्रजातान्त्रिक आन्दोलनमा अपुरणीय क्षति पुगेको बताउँदै शोक समवेदना व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस्