पूर्वराजा ज्ञानेन्द्र शाह सिंहदरबार जाँदै, पृथ्वीनारायणको शालिकमा माल्यार्पण गर्न

फाइल तस्बिर

२७ पुस, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह सिंहदरबारको मूल गेटस्थित पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न जान लागेका छन्।

पूर्वराजाका संवाद सचिव फणिराज पाठकका अनुसार पृथ्वी जयन्तीको अवसरमा मंगलबार मध्यान्ह साढे १२ बजे मल्यार्पण गर्ने कार्यक्रम रहेको छ।

frontline

प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायणको जन्मजयन्ती मंगलबार विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ।

सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गरेका पृथ्वीनारायण शाहको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ३०० औं जन्मजयन्ती मनाइएको हो। 

नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान र सांस्कृतिक संस्थानको आयोजनामा कमलादीबाट सांस्कृतिक झाँकी एवं बाजागाजासहित सिंहदरबार पश्चिम मूलढोकास्थित पृथ्वीनारायण शाहको सालिकमा जम्मा भई माल्यार्पण गर्ने कार्यक्रम रहेको छ। 

वि.सं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो। वि.सं १७९९ चैत २५ गते पृथ्वीनारायण राजा भएका थिए।

त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो। पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उनी सफल भएका थिए।

पृथ्वीनारायणको शेषपछि उहाँका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ।

पृथ्वीनारायण शाहले वि.सं १८०१ मा नुवाकोट विजय गरेका थियो। त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौँ उपत्यका विजय हासिल गरेका थिए।

नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाएका हुन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here