पुस १३ देखि २२ सम्म फाइजर खोपको पहिलो मात्रा लगाइने, यि जिल्लामा..
३ पुस, काठमाडौं । सरकारले २० वटा जिल्लामा कोरोनाविरुद्ध फाइजर खोप लगाउने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बागमती प्रदेशको काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चाेक, चितवन, सिन्धुली र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा र कर्णाली प्रदेशको सुर्खेत जिल्लामा पुस १३ गतेदेखि २२ गतेसम्म फाइजर खोपको पहिलो मात्रा लगाइने भएको छ।
यसको दोस्रो डोज माघ ४ गतेदेखि १३ गतेसम्म लगाउने मन्त्रालयले जनाएको छ।
यस्तै प्रदेश १ को झापा, मोरङ र सुनसरी प्रदेश २ को सप्तरी, धनुषा र पर्सा गण्डकी प्रदेशको कास्की र बागलुङ लुम्बिनी प्रदेशको रूपन्देही, बाँके, दाङ र सुदूरपश्चिम प्रदेशको कैलालीमा भने खोप लगाउने मिति छिट्टै तोक्ने बताएको छ।
१२ वर्ष माथिका दीर्घरोगीले सरकारले तोकेको खोप केन्द्रमा गएर खोप लगाउन सकिने बताइएको छ।
प्रतिक्रिया दिनुहोस्