पुल्चोकमा मन्त्रीको बाटो छेकेर अनेरास्ववियुका कार्यकर्ताले देखायो कालो झण्डा
१८ माघ, काठमाडौं । नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुका कार्यकर्ताहरुले ललितपुरको पुल्चोकमा एक मन्त्रीलाई घेरा हालेर कालो झण्डा देखाएका छन् ।
सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की चढेको गाडीको बाटो छेकेर कालो झण्डा देखाएको अनेरास्ववियुकी केन्द्रीय अध्यक्ष सुनिता बरालले बताइन् ।
उनीहरुले मुर्दावादको नारा लगाउँदै प्रदर्शन गरेका थिए । एकछिनपछि मात्र प्रहरी आएर उनीहरुलाई हटाएपछि मन्त्री कार्की गन्तव्यमा लागेका थिए ।
अनेरास्ववियुकी केन्द्रीय अध्यक्ष बरालले केन्द्रीय कमिटीको योजना अनुसार नै सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीलाई कालो झण्डा देखाएको बताइन् ।
‘स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न सरकारले आलटाल गरिरहेको छ, त्यसैले केन्द्रीय कमिटीको योजना अनुसार नै कालो झण्डा देखाएका हौं,’ उनले भनिन् ।
उनका अनुसार मन्त्री कार्की मन्त्री निवासबाट सिंहदरबारतर्फ गइरहेको बेला कालो झण्डा देखाइएको हो ।
प्रतिक्रिया दिनुहोस्