पुल्चोकमा एक व्यक्ति मृत फेला

१८ साउन, काठमाडौं । ललितपुरस्थित पुल्चोकमा एकजना व्यक्ति मृत अवस्थामा भेटिएका छन् ।

भारतको दार्जिलिङ घर भई ललितपुर उपमहानगरपालिका पुल्चोकमा मःम पसल चलाउँदै आएका ६२ वर्षका रामबहादुर क्षेत्री मृत अवस्थामा भेटिएका हुन् ।

frontline

जिल्ला प्रहरी परिसर, ललितपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) अंगुर जिसीले उनी घरभित्रै झुण्डिएको अवस्थामा फेला परेको अनलाइनखबरलाई बताए ।

‘हिजोदेखि कोठामा चालचुल नभएपछि माथि बस्नेले ढोका ढक्ढक्याएछन्’ जिसीले भने, ‘तर नखोलेपछि प्रहरीलाई खबर आएको थियो ।’

त्यसक्रममा सलमा झुण्डिएको अवस्थामा शव भेटिएको डीएसपी जिसीले बताए । उनकी पत्नीको कोभिड–१९ भाइरसका कारण मृत्यु भएको थियो । प्रहरीले उनको मृत्यु भएपछि आफन्तलाई बोलाएको छ ।

शवलाई पोष्टमार्टमका लागि पाटन अस्पताल लगिनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here