पुल वनाउने सहमतिपछि पत्रकार संजय सहनीको ४ दिनदेखिको अनशन तोडियो
मेवालाल यादव,
४ फागुन, काठमाडौं । गौर र ईशनाथ नगरपालिका जोड्ने बकैया नदि माथी बनेको अधुरो पुल तत्काल निर्माणको लागि आमरण अनशन बसेका पत्रकार संजय सहनी र सरोकारवाला संग १ वर्ष ६ महिना पुल निर्माणको कार्य सम्पन्न हुने कुरामा सहमति भएपछि सहनीले आज चौथो दिनमा आफ्नो आमरण अनशन तोडेका छन् ।
पुल महाशाखा प्रमुख उमेश विन्दु श्रेष्ठ , संघीय सडक प्रमुख डा.बिजय जैसीको संगको समझौतामा र पुर्व प्रधानमन्त्री तथा राैतहट १ का सांसद माधव कुमार नेपाल, क्षेत्र नं. २ का सांसद किरण साह, क्षेत्र नं.१ (क) प्रदेश सभा सदस्य नागेन्द्र साहको रोहबरमा अनशन तोडेका छन् ।
तोकिएको समय भित्र सहमति कार्वान्यन नभएको खण्डमा अब सम्बन्धित निकायलाई जानकारी होईन सीधा आत्मदाह को विकल्प रोज्ने र यो आत्मदाहको सम्पूर्ण जिम्मा सरकारले लिने चेतावनी समेत पत्रकार सहनीले दिएका छन।।
प्रतिक्रिया दिनुहोस्