पीड़ितको गुनासो प्रहरीले मुख्य दोषीलाइ पक्राउ गरेन

सत्येन्द्र प्रताप सिंह
कार्तिक ११ रौतहट
जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप लगाएका छन।
रिपोर्टर्स क्लब रौतहटको साक्षात्कारमा शुक्रवार पत्रकार सम्मलेन गर्दै घाइतेको लोग्ने बर्माले जाहेरी दरखास्त दर्ता सहज रुपमा गरे पनि मुख्य आरोपितलाई घटना भएको दुई हप्ता बितिसक्दा पनि प्रहरी पक्राउ नगरेको गुनासो गरे
भेन्टिलेशन बन्द गर्ने तथा छत माथि राखिएको एनसेल कम्पनीको टावर हटाउने विषयको विबाद लिएर गएको असोज २८ गतेका दिन छिमेकी प्रेमचन्द्र झा र उनका छोरा अविनाश झाले श्रीमति सुनीता श्रीवास्तवलाई कुटपिट गरी गंभीर बनाएको बताउँदै मुद्दा दर्ता पछि फरार रहेका झालाई प्रहरीले पक्राउ गर्न कुनै तदारुकता नदेखेको टिपण्णी गरे।
गौर नगरपालिकाको न्यायिक समितिमा जग्गा नछोडेर लगाएको भेन्टिलेशन र संधियारको अनुमति बेगार लगाएको टावर हटाउने विषयमा भएको सहमति अनुसार काम गर्न भन्दा झाले बाबू छोरा मिलेर नेकपा एमाले जिल्ला कार्य समिति रौतहटका सदस्य समेत रहेकि सुनीता श्रीवास्तवको अनुहारमा बॉसको धारिलो फट्ठा प्रहार गरेको उनले दावी गरे।
बर्माले भने बाबुले गरेको आदेशमा छोराले लाठी प्रहार गरेको छ। छोरालाई प्रहरीले पक्राउ गरे पनि दोषी बाबू फरार रहेको छ छिटै प्रहरीले पक्राउ गरेर कानूनी दायरामा ल्याउनु पर्यो। नेपाल पत्रकार महासंघ रौतहट शाखाका जिल्ला सभापति समेत रहेका झा अहिले सम्म प्रहरीको पहुंच भन्दा बाहिर रहेका छ। सामाजिक संजालमा सकृय देखिएका झालाई रौतहट प्रहरीका प्रमुखले राजनितिक दवावको कारण नियन्त्रणमा लिन आनाकानी गर्ने गरेको बुझिएको छ।
पत्रकार सम्मलेनमा पीड़ित बर्माले नाकमा लागेको गंभीर चोटको कारण श्रीमतीलाई श्वास फेर्न समस्या भई रहेको र कहिले काही रगत समेत आउने गरेकोले शंकाको अवस्था रहेको बताए। न्याय पाउने आशा भएपनि प्रहरीले यस्तो किसिमको कार्य गर्छ भने लागेको थिएन उनले थपे प्रहरीले झालाई पक्राउ गरेन भने प्रहरी विरुद्ध आन्दोलन गर्न पछि हटने छैन ।

frontline

प्रतिक्रिया दिनुहोस्

poster-here