पीसीआर परीक्षण शुल्क घटाउने सरकारको तयारी

फाइल तस्बिर

५ माघ, काठमाडौं । सरकारले कारोना संक्रमणको पीसीआर परीक्षण शुल्क घटाउने तयारी गरेको छ ।

परीक्षण निःशुल्क गर्न सर्वत्र माग भइरहेका बेला सरकारले शुल्क घटाउने तयारी थालेको हो ।

frontline

स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेलले भरे या भोलिसम्म शुल्क घटाउने निर्णय सार्वजनिक हुने जानकारी दिए ।

अहिले सरकारी अस्पतालमा एक हजार र निजीमा दुई हजार रुपैयाँमा पीसीआर परीक्षण गर्न पाइन्छ । शुल्क महँगो भएकै कारण धेरैले लक्षण देखिए पनि परीक्षण नगरेको भेटिएको छ ।

तर सरकारी अस्पतालमा पीसीआर परीक्षण निःशुल्क हुने भएकाले लक्षण देखिनेबित्तिकै नजिकको सरकारी अस्पताल जान सचिव पोखरेलले सुझाव दिए ।

पीसीआर परीक्षणको सुविधा भएका अस्पतालमा ओपीडीको टिकट काटेर निःशुल्क परीक्षणको सेवा लिन सकिने पोखरेलले बताए ।

उनका अनुसार यस्तो निःशुल्क सुविधा लक्षण देखिकालाई मात्रै हो । विदेश जाने या अरु कामले परीक्षण गराउनेहरुले भने सरकारी अस्पतालमा एक हजार रुपैयाँ शुल्क तिर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here