पीएसजी र स्पेनको रियल मड्रिडबीच प्रतिस्पर्धा

फाइल तस्बिर

२८ मंसिर, काठमाडौं । युरोपियन च्याम्पियन्स लिगको नकआउट चरणमा फ्रान्सको पेरिस सेन्ट जर्मन-पीएसजी र स्पेनको रियल मड्रिडबीच प्रतिस्पर्धा हुने भएपछि सर्जियो रामोसको चर्चा सुरु भएको छ।

रामोसले १६ वर्ष रियल मड्रिडका लागि खेलेका थिए भने त्यसबीचमा चारपटक च्याम्पियन्स लिग र पाँचपटक ला लिगाको उपाधि जितेका थिए।

frontline

पछिल्ला वर्षहरुमा रामोस रियल मड्रिडको कप्तान रहेका थिए। गोलरक्षक इकर कासियासले छाडेपछि सन् २०१५ मा उनलाई रियल मड्रिडको कप्तान बनाइएको थियो।

तर रामोसले रियल मड्रिडविरुद्ध हुने खेलमा आफु पीएसजीका लागि मर्नसम्म तयार हुने बताएका छन्।

नकआउट ड्र सार्वजनिक भएपछि रामोसले भनेका छन्- तपाईलाई थाहा छ रियल मड्रिडप्रति मेरो कत्ति माया छ’, रामोसले भनेका छन्,’तर अहिले पीएसजीका लागि गर्ने समय हो।

पीएसजीको रक्षा गर्न सम्भव भएजती म सबै गर्न तयार छु। म पीएसजीका लागि मर्न पनि तयार हुने छु।’

युरोपियन फुटबल महासंघ-यूईएफएले दोस्रोपटक ड्र गरेपछि पीएसजी र रियल मड्रिडबीच भेट हुने तय भएको हो।

यसअघि पहिलोपटक गरिएको ड्रमा पीएसजी र म्यानचेस्टर युनाइटेडबीच प्रतिस्पर्धा हुने तय थियो। तर प्राविधिक त्रुटीभन्दै पुन ड्र गरिएको हो।

कठिन प्रतिद्धन्द्धी परेपछि रियल म्याड्रिडले यूईएफएले गरेको दोस्रोपटकको ड्रलाई ‘स्क्यान्डल’का रुपमा उल्लेख गरेको छ।

रामोस चोटग्रस्त छन्। उनले यो सिजन क्लबका लागि केवल एउटा मात्र खेल खेल्न सकेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here