पाल्पामा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु,४ जना घाइते

२५ पुस, तानसेन  । पाल्पामा  गएराती ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ। कालीगण्डकी करिडोर अन्तर्गत  रम्भा ३ निकिचौर पिपलडाँडाबाट हुँगीतर्फ जाँदै गरेको लु ४त ७९१६ नम्बरको ट्याक्टर दुर्घटना भएको हो।

दुर्घटनामा रम्भा गाउँपालिका-१ हुँगीका १७ वर्षीय विशाल थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

frontline

थापाको लुम्बिनी मेडिकल कलेज तानसेन प्रभासमा उपचारको क्रममा मृत्यु भएको थापाले बताए। दुर्घटनामा ट्याक्टरमा सवार अन्य चार जना घाइते भएका छन्

प्रहरीका अनुसार रम्भा १ हुगीका १९ वर्षीय विवेक थापा, सोही स्थानका २४ वर्षीय दिलबहादुर घर्ति, १६ वर्षीय युवराज घर्ति र १८ वर्षीय पूर्ण बहादुर बोटे घाइते भएका छन्। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here