पाल्पामा चिसो बढेसँगै बिरामीको संख्या बढ्दै

२१ पुस, पाल्पा । पाल्पामा चिसो बढेसँगै बिरामीको संख्या बढ्दै गएको छ । सरकारी तथा निजी अस्पतालमा रुघाखोकी र भाइरल ज्वरोका बिरामी बढेका हन् ।

पछिल्लो एकहप्ता यता चिसोका कारण रुघाखोकी र ज्वरोका बिरामी ह्वातै बढेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

frontline

जिल्ला अस्पताल पाल्पा, यूनाईटेड मिसन अस्पताल तानसेन, लुम्बिनी मेडिकल कलेज प्रभास र स्थानीय स्वास्थ्य चौकीमा बिरामीको चाप दिनानुदिन बढ्दै गईरहेको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा.राजेन्द्र गिरीले जानकारी दिनुभयो । उहाँले सामान्य रुघाखोकी, ज्वरो र टाइफाइडका बिरामी बढेको जानकारी दिनुभयो ।

अस्पतालको ओपिडीमा पहिला दैनिक एकदेखि डेढ सय बिरामी आउने गरेकोमा अहिले बढेर तीन सयसम्म आउने गरेको गिरीले बताउनुभयो ।

भाइरलबाट विशेष गरि ४ देखि १५ वर्ष उमेर समूहका बालबालिका र ५० वर्ष माथि उमेर समूहका बिरामी अस्पताल पुग्ने गरेका छन् ।

डा. गिरीका अनुसार सुरूमा शरीर दुख्ने, रुघाखोकी लाग्ने, कडा ज्वरो आउने, आँखा पोल्ने समस्या लिएर बिरामी अस्पताल आउने गरेका छन् ।

भाइरल ज्वरोबाट बच्न पानी उमालेर खाने, समूहमा हिडडुल नगर्ने, आराम गर्ने, झोलिलो पदार्थ बढि सेवन गर्न चिकित्सकको सुझाव रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here