पार्टी विभाजनमा सहयोग गर्न ओलीलाई ठाकुरको आग्रह
फ्रन्टलाइन राजनीति । जनता समाजवादी पार्टी (जसपा) भित्र देखिएको विवाद निदान नभएसम्म महन्थ ठाकुर पक्ष सरकारमा नजाने भएको छ । अध्यक्ष महन्थ ठाकुरले पार्टीको विवाद समाधानका लागि सहयोग पुर्याउनका प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीसँग बालुवाटारमा जारी बैठकमा अध्यक्ष ठाकुरले पार्टी विवादकै बीचमा सरकारमा सहभागी भयो भने झन विवाद बढ्ने भएकाले त्यसलाई चाँडै टुंगो लगाएर मात्र सहभागी हुने स्पष्ट पार्नुभएको छ । त्यसका लागि केन्द्रीय समितिमा ४० प्रतिशत पुर्याउनेले मात्र पार्टीको आधिकारिकता पाउने राजनीतिक दल सम्बन्धी ऐनलाई संशोधनका लागि आग्रह गरेको बुझिएको छ ।
अध्यक्ष ठाकुरसँग केन्द्रीय समिति तथा कार्यकारिणी समितिमा ४० प्रतिशत बहुमत पुग्दैन । त्यो बहुमत नपुगेको कारण पार्टी अलग गर्न नसकिरहेको कुरा प्रधानमन्त्री ओलीसमक्ष राखेको बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस्