पारसले दोस्रोपल्ट लिजेन्ड्स लिग खेल्ने

नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काले तेस्रो संस्करणको लिजेन्ड्स लिग क्रिकेट (एलएलसी) खेल्ने भएका छन्।

तेस्रो संस्करण सेप्टेम्बर २० मा जोधपुरको बरकतुल्लाह खान स्टेडियममा सुरु हुनेछ। नेपाल क्रिकेट संघ क्यान (क्यान) का सचिवसम्मेत रहेका उनलाई गुजरात टिमले भित्र्याएको हो। 

frontline

नयाँ दिल्लीमा बिहीबार भएको अक्सनमार्फत गुजरातले १२ लाख पाँच हजार भारतीय रूपैयाँमा उनलाई टोलीमा अनुबन्धित गरेको छ। पारसले दोस्रोपल्ट एलएलसी खेल्न लागेका हुन्। गत संस्करण उनले एसियन लायन्सबाट खेलेका थिए। कतारको दोहामा भएको प्रतियोगिताको फाइनलमा वल्र्ड जायन्टलाई सात विकेटले पराजित गर्दै एसियन लायन्सले उपाधि जितेको थियो।

साहिद अफ्रिदी, उपुल थरंगा, तिलकरत्ने दिलशान, असगर अफगान र थिसारा परेराजस्ता खेलाडी रहेको टोलीबाट उनले दुई इनिङ्समा मात्रै ब्याटिङ गर्न पाएका थिए । ती इनिङ्समा ९१.६६ को स्ट्राइक रेट र ११ को औसतमा ११ रन बनाएका थिए। यसपल्टको संस्करणमा कोनार्क सूर्यास, इन्डिया क्यापिटल्स, साउदर्न सुपरस्टार्स, मणिपाल टाइगर्स, हैदरावाद र गुजरातले सहभागिता जनाउनेछन्। यी टोलीले २५ खेल खेल्नेछन्।

लिगचरणमा शीर्ष स्थानमा रहने दुई टोलीले फाइनलमा स्थान बनाउनेछन्। एलएलसीको फाइनल १६ अक्टोबरमा श्रीनगरको बख्शी रंशालामा हुनेछ।

हैदरावाद र गुजरातका फ्रेन्चाइजीले यस सिजनका लागि आफ्नो नाम घोषणा गर्न बाँकी छ। पारस रहेको टोलीमा वेस्ट इन्डिजका ब्याटर क्रिस गेल पनि रहेका छन्। उनीबाहेक अफगानिस्तानका पूर्वकप्तान अस्घर अफगान, लेन्डल सिमोन्स, कामाउ लेभरक र विपुल शर्माजस्ता खेलाडी पनि अनुबन्ध भएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here