पाकिस्तानले दियो ३० भेन्टिलेटरसहित स्वास्थ्य सामग्री

शुक्रबार, पाकिस्तान । पाकिस्तान सरकारले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ।

बिहीबार पाकिस्तानले नेपाललाई ३० वटा भेन्टिलेटर र ३० वटा सिपिएपी मेसिन दिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

frontline

पाकिस्तान सरकारले पठाएको उक्त स्वास्थ्य सामग्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोख्रेलले बुझेका थिए।

सरकारले स्वास्थ्य सामग्री र कोभिड-१९ विरूद्ध लड्न सघाएकोमा पाकिस्तानी सरकारलाई धन्यवाद समेत दिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here