पाकिस्तानमा बस पुलबाट खसेर आगलागी हुँदा ४० जनाको मृत्यु

१५ माघ, स्लामावाद । पाकिस्तानको दक्षिणपश्चिममा पर्ने एक स्थानमा बस पुलबाट खसेर आगलागी हुँदा ४० जनाको मृत्यु भएको एक सरकारी अधिकारीले आइतबार जानकारी दिएका छन्। 

मृतकहरू पहिचान बाहिर भएका बलुचिस्तान प्रान्तको लसबेला जिल्लाका एक वरिष्ठ अधिकारी हम्जा अन्जुमले बताए।  

frontline

बस पुलको एउटा पिलरमा ठोक्किएर दुर्घटना भएको थियो। बसमा ४८ यात्रु सवार थिए र तीनजनालाई जीवितै उद्धार गरिएको जनाइएको छ । 

सन् २०१८ मा पाकिस्तानको सडक दुर्घटनामा परी २७ सयभन्दा बढी मानिस मारिएका विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।  रासस

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here