पाकिस्तान ट्वान्टी–२० विश्वकपको फाइनलमा

२३ कार्तिक, काठमाडौं । ओपनरद्वय बाबर आजम र मोहम्मद रिजवानको अर्धशतकमा बुधबार न्युजिल्यान्डलाई सात विकेटले पराजित गर्दै पाकिस्तान आईसीसी ट्वान्टी–२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।

सिड्नी क्रिकेट मैदानमा कप्तान बाबर र रिजवानको जोडी जमेपछि न्युजिल्यान्डले प्रस्तुत गरेको १५३ रनको लक्ष्य पाकिस्तानले १९.१ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍याे । 

frontline

पाकिस्तानको जितमा रिजवानले ४३ बलमा पाँच चौकासहित ५७ रन बनाए । कप्तान बाबरले ४२ बलमा सात चौकासहित ५३ रन जोडे । यी दुई पहिलो विकेटका लागि १०५ रनको उत्कृष्ट साझेदारी गर्दै पाकिस्तानलाई जित उन्मुख गराएका थिए ।

मोहम्मद ह्यारिसले ३० रन जोड्दा सान मसुद तीन र इफ्तिखर अहमेद शून्यमा अविजित रहे ।

न्युजिल्यान्डका ट्रेन्ट बोल्टले दुई र मिचेन सन्टनरले एक विकेट लिए ।

पाकिस्तानल अब फाइनलमा भारत र इङ्ल्यान्डबीचको विजेतासँग उपाधिका लागि खेल्नेछ । फाइनल खेल १३ नोभेम्बरमा हुनेछ ।

यसअघि टस जितेर ब्याटिङमा आएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १५२ रनको योगफल खडा गरेको थियो । 

न्युजिल्यान्डका डार्यल मिचेलले सर्वाधिक ५३ रन बनाएका थिए । उनले ३५ बलमा तीन चौका र एक छक्का प्रहार गरे । कप्तान केन विलियम्सनले ४६, डेविड कोन्वेले २१ र जेम्स निसमले १६ रन जोडे ।

स्कोरबोर्डमा ४९ रन रहँदा तीन विकेट गुमाएर दबाबमा आएको न्युजिल्यान्डलाई कप्तान विलियम्सन र मिचेलले ६८ रनको साझेदारी गर्दै सम्मानजनक योगफलसम्म पूर्‍याउन सहयोग गरेका थिए ।

पाकिस्तानका साहिन साह अफ्रिदीले दुई विकेट लिएका थिए । मोहम्मद नवाजले एक विकेट हात पारे । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here