पाँचखाल नगरपालिकामा थप सात दिन सिल

काठमाडौं । पाँचखाल नगरपालिकाले थप सात दिन ‘सिल’ गर्ने निर्णय गरेको छ।

पाँचखाल नगरपालिका कोभिड–१९ निर्देशक समितिको जेठ २१ गते बसेको बैठकले थप सात दिन नगरपालिका सिल गर्ने निर्णय गरेको नगरपालिकाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

frontline

कोभिड–१९ को संक्रमणको दोस्रो लहर नगरपालिकाभित्र पनि तीव्र रूपमा समुदाय स्तरमा फैलिएको, संक्रमित संख्या दिनानुदिन बढिरहेकाले संक्रमण रोकथाम तथा न्यूनीकरण गर्न यस्तो निर्णय गरिएको नगरप्रमुख महेश खरेलले जानकारी दिए।

उक्त अवधिभर एक वडाबाट अर्को वडामा समेत जान नपाउने निर्णय भएको छ।

दूधजन्य, तरकारी तथा खेतबारीमा काम गर्ने कृषकलाई सुरक्षा मापदण्डमा रहेर गर्ने, दूध बिहान ६ बजेदेखि ७ बजे सम्ममा संकलन तथा बिक्री वितरण भइसक्नुपर्ने पनि नगरपालिकाले जनाएको छ।

नगरपालिकाले खाना, खाजा, मदिराजन्य पसल खोल्न नपाउने, होटल खेलेर तास खेल्ने-खेलाउने गरेमा ५० हजारसम्म जरिवाना गर्ने समेत निर्णय गरेको छ।

त्यस्तै स्वास्थ्य संस्थाबाहेक नगरपालिकाको कार्यालय, वडा कार्यालय, व्यापार व्यवसाय थप सात दिन बन्द हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद हुमागाईंले जानकारी दिए।

बैंकहरूले नगरपालिकाले निकालेको सूचना बमोजिम तथा सहकारीले आइतबार र बुधबार सेवा दिन पाउने विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline

विश्व परिवेश

poster-here