पाँच दलीय समन्वय समितिको बैठक आज बस्दै

फाइल तस्बिर

७ माघ, काठमाडौं । स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल गर्न पाँच दलीय समन्वय समितिको बैठक आज बस्दै छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न चार बजे बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

frontline

बिहीबार बस्ने तय भएको यो बैठक तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो ।

बिहीबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच छलफल भएपछि आज बैठक बस्ने तय भएको हो ।

यसअघि गत मंगलबार बसेको समितिको बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वैशाखमा संसदीय र कात्तिकमा स्थानीय तह निर्वाचन गर्ने प्रस्ताव राखेका थिए ।

प्रचण्डको प्रस्तावबारे सत्ता गठबन्धनका नेताहरुबीच सहमति कायम भइसकेको छैन ।

संविधान अनुसार आगामी स्थानीय तहको निर्वाचन वैशाखमै गर्नुपर्ने सुझाव निर्वाचन आयोगले सरकारलाई दिएको छ ।

तर सत्ता गठबन्धनबीच पहिले संसदीय कि स्थानीय तहको निर्वाचन गर्ने भन्नेमा एकमत भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here