पहिलो हाफमै हाइटीविरुद्ध ब्राजिललाई ३-० को अग्रता

फिफा विश्वकप-२०२६ अन्तर्गत हाल जारी खेलको पहिलो हाफमा ब्राजिलले हाइटीविरुद्ध ३-0 गोलको अग्रता बनाएको छ। 

हाइटीले पहिलो हाफमा गोल गर्न सकेन। 

frontline

ब्राजिलका म्याथेस कुन्हाले खेलको २३ औँ मिनेटमा पहिलो गोल गर्दै खेलमा अग्रता बनाएका थिए। दोस्रो गोल पनि म्याथेस कुन्हाले नै ३६ मिनेटमा गरे। 

ब्राजिलका लागि तेस्रो गोल पहिलो हाफको अतिरिक्त समयको तेस्रो मिनेटमा भिनिसियस जुनियरले गरे।

पाँच पल्टको विश्व च्याम्पियन ब्राजिल यसअघिको पहिलो खेलमा भेनेजुएलासँग १-१ गोलको बराबरीमा रोकिएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here