पहिरो खसेपछि बुटवल-तानसेन सडक अवरुद्ध

२० साउन, पाल्पा । वर्षासँगै खसेको पहिरोका कारण तानसेन-बुटवल सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको छ ।

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान सिद्धबाबा क्षेत्रमा खसेको पहिरोका कारण सोमबार बेलुकीदेखि सडक अवरुद्ध भएको हो ।

frontline

अविरल वर्षासँगै बेलुका ८ बजे खसेको पहिरो पन्छाउन नसक्दा सडक सञ्चालनमा आउन सकेको छैन ।

सिद्धबाबा सुरूङ्गमार्ग आयोजनाकी सूचना अधिकारी सविता ज्ञवालीका अनुसार चट्टान र लेदोसहितको पहिरो खस्ने क्रम जारी रहेको हुँदा पहिरो पन्छाउन समस्या भएको हो ।

अहिले पनि सो क्षेत्रमा पानी परिरहेको छ । वर्षा रोक्किएपछि मात्रै पहिरो पन्छाउन सुरु गरिने सूचना अधिकारी ज्ञवालीले बताइन् ।

वर्षा हुनेबित्तिकै ढुंगा र पहिरो खस्ने भएकोले यो क्षेत्रमा पटक-पटक सडक अवरुद्ध हुने गरेको छ । सडक अवरुद्ध हुँदा यात्रु र सवारी साधन अलपत्र परेका छन् ।

-कमल अधिकारीबाट

बुटवल-तानसेन सडकखण्ड |सडक अवरुद्ध

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here