पहाडी भागमा आंशिक बदली, तराईका धेरै भू-भागहरुमा बाक्लो हुस्सु

२० पुस, काठमाडौँ  । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।

जसको प्रभावले देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही मध्य तराईका धेरै भू-भागहरुमा बाक्लो हुस्सु लागेको छ।

frontline

आज दिउँसो प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति प्रदेश १ को हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। बिहीबार भने प्रदेश १ को पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

हिमाली भू-भागमा हल्का हिमपात र मध्य तराईका धेरै भू-भागहरुमा बाक्लो हुस्सुलाग्ने हुँदा दैनिक जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here