पसलमा आगलागी हुँदा डेढ करोड बराबरको क्षति

सान्केतिक तस्बिर

२१ फागुन, महोत्तरी । जिल्लामा आगलागी हुँदा डेढ करोड रकम बराबरको क्षति भएको छ । जिल्लाको मटिहानी नगरपालिका– ८ स्थित बजारमा आज शनिबार बिहान पाँचवटा पसलमा आगलागी भएको हो ।

आगलागी सर्वप्रथम मटिहानी नगरपालिका-७ बस्ने भोलाकुमार महतोले चलाउँदै आइरहेको सीता किराना पसलमा भएको थियो । प्रहरीका अनुसार विद्युत सर्ट भई आगलागी भएको हो ।

frontline

महतोको किराना पसलसँगै टाँसिएर रहेका अरू विभिन्न पसलमा पनि आगो सल्किँदा डेढ करोड बराबरको धनमाल नष्ट भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

करिब दुई घन्टापछि सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा आएको थियो ।

आगलागीबाट मानवीय क्षति भने भएको छैन ।मटिहानीमा बारुणयन्त्र भएपनि जलेश्वर नगरपालिकामा गएका कारण आगलागी समयमै नियन्त्रण आउन नसकेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here