पर्यटन बोर्डका सीइओ डा. रेग्मीलाई कामबाट नरोक्न सर्वोच्चको आदेश

श्रोत : ईन्टरनेट

१५ पुस, काठमाडौं । सर्वोच्च अदालतले पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनन्जय रेग्मीलाई कामबाट नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश दीपककुमार कार्कीको बुधबारको एकल इजलासले रेग्मीलाई कामबाट नरोक्न अल्पकालीन आदेश जारी गरेको हो।

frontline

सर्वोच्चले रेग्मीलाई हटाउनुपर्ने कारण समेत माग गरेको छ । पर्यटन मन्त्रालयको निर्देशनमा पर्यटन बोर्डले सीइओ रेग्मीमाथि छानविन गर्न समिति गठन गरेको थियो ।

पर्यटनमन्त्री प्रेम आलेले ठाडो निर्देशन दिएपछि बोर्डले उपाध्यक्ष चन्द्रप्रसाद रिजालको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो । छानविन समितिले रेग्मीलाई निलम्बन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here