परोहामा दादुरा रूबेला सम्बन्धी १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

Exif_JPEG_420

मेवालाल यादव
फाल्गुन १४गते , रौतहट

frontline

परोहा नगरपालिकामा पालिका स्तरिय दादुरा रूवेला खाेप अभियान सम्बन्धि समन्वय समिति स्वास्थ्यकर्मी संचारकर्मि तथा सराेकारवालाहरूका लागी १ दिने अभिमुखिकरण कार्यक्रम तथा याेजना तर्जुमा गाेष्ठी परोहा नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ।

Exif_JPEG_420

परोहा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हाे।परोहा नगरपालिका -४ का वडा अध्यक्ष जवाहरलाल यादवको अध्यक्षतामा १ दिने अभिमुखिकरण कार्यक्रम तथा याेजना तर्जुमा गाेष्ठी सम्पन्न भएको छ ।

Exif_JPEG_420

नेपाल सरकारले आउँदो फागुन १३ गतेदेखि चैत ७ गतेसम्म देशभरी दादुरा–रुबेलाको खोप अभियान सञ्चालन गर्दैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भारतसँग सीमा जोडिएका दादुरा–रुबेलाको अतिसङ्क्रमित ५१ जिल्ला र काठमाण्डौ उपत्यकाका तीन गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई खोप लगाउनु पर्नु हुनेछ ।सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै खोप अभियान सञ्चालन गर्न लागिएको हो । सरकारले अबको दुुई वर्ष अर्थात् सन् २०२६ सम्म दादुरा–रुबेला निवारण गर्ने लक्ष्यका साथ खोप अभियान सञ्चालन गर्न थालेको हो ।याे खाेप रौतहट जिल्लामा ३ चरणमा सञ्चालन हुने बताउनु भयाे र याे खाेप पुर्ण सुरक्षित रहेको बताएका हुन।खाेप चलाउने समय सञ्चार माध्यम पत्रपत्रिका तथा अनलाइन छापा मार्फत गलत समाचार तथा भ्रामक समाचार प्रशारण प्रकाशन नगर्नहुन अनुराेध समेत स्वास्थ्य शाखा परोहा नगरपालिका जलन्धर यादवले आग्रह समेत गरेका हुन।

Exif_JPEG_420

सो अभिमुखिकरण कार्यक्रममा परोहा नगरपालिकाकि उपमेयर सुगान्धी गिरी , प्रशासकीय अधिकृत मो. महफुज , स्वास्थ्य शाखा मो.अताउल्ला , योजना शाखा प्रमुख अब्दुल रब अन्सारी , शिक्षा प्रमुख सन्तोष पटेल , आर्थिक लेखा सिवपुजन मण्डल , जेन्सी प्रमुख मो. मोतिरहमान, बालबालिका शाखा प्रमुख आयसा हसन , स्वास्थ्य कार्यालय गौरका खोप शाखा प्रमुख अनिल कुमार कर्ण , विश्व स्वास्थ्य संगठनका कर्मचारी अशा चौधरी , विश्व स्वास्थ्य संगठनका डा. सुरेश सुक्ला , परोहा नगरपालिका -६ का वडा अध्यक्ष रामबिलास पटेल , वडा अध्यक्ष जवाहरलाल यादव, नागेन्द्र पटेल , शेख कपिल अन्जुम ,खेदु मुखिया , परोहा नगरपालिकाको वडा -१ देखि ९ सम्मको वडा अध्यक्षहरु , पत्रकार , स्वास्थ्यकर्मी विभिन्न शाखाका कार्मचारीहरुको उपस्थिति रहेको थियो ।

Exif_JPEG_420

प्रतिक्रिया दिनुहोस्

poster-here