परशुरामका मेयर भीमबहादुर साउँद कांग्रेस जिल्ला सभापतिमा निर्वाचित

७ मंसिर, धनगढी । डडेल्धुराको परशुराम नगरपालिकाका मेयर भीमबहादुर साउँद नेपाली कांग्रेसको जिल्ला सभापतिमा निर्वाचित भएका छन् ।

सोमबार सम्पन्न भएको जिल्ला अधिवेशनबाट साउँद सभापति पदका अर्का उम्मेदवार चुुडामणि ठकुुराठीलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।

frontline

जिल्ला निर्वाचन समितिकाअनुसार साउँदले ठकुुराठीलाई ठूलो मतान्तरले पराजित गरेका छन् । साउँदले ७३४ मत पाउँदा ठकुुराठीले ७६ मत मात्रै प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

उपसभापतिममा लक्ष्मीप्रसाद अवस्थी र डिल्लीराज जोशी, सचिवमा हेमराज चटौत र शेरबहादुर भण्डारी विजयी भएका छन् भने सहसचिवमा प्रेमराज महर र गोबिन्दराज बोहरा निर्वाचित भए ।

कांग्रेस डडेल्धुराका तत्कालीन पार्टी सभापति कर्ण मल्लपक्षले असंवैधानिक तवरले वितरण गरिएका क्रियाशील सदस्यता खारेज गरेर पुनः वडा तहदेखिका अधिवेशन गर्न माग गरिरहेको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल निकट मानिने मल्लपक्षीय नेताहरू पार्टी केन्द्रीय कार्यालय सानेपामा रिले अनशन बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here