परशुरामका मेयर जोशीको नेतृत्व र श्रमदानमा तटबन्ध निर्माण कार्य अगाडि बढ्यो

७ असोज, डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिकाका मेयर भरत जोशीको नेतृत्व र श्रमदानमा तटबन्ध निर्माण कार्य अगाडि बढाइएको छ ।

३१ भदौ र १ असोजको अविरल वषर्ापछि आएको बाढीले परशुराम नगरका सरगौडा, ठण्डजला, र सिमलखेतमा ठुलो क्षति भएको थियो ।

frontline

तत्काल थप क्षति रोक्नका लागि जालीमा ढुङ्गा भर्ने काम भइरहेको मेयर जोशीले बताए । सुदूरपश्चिमकै कान्छा मेयर जोशी आफैं ढुङ्गा बोक्न सक्रिय छन् । उनले जनताको दुःख कम गर्न आफै सक्रिय रहेको बताए ।

मेयर जोशीसहितका स्थानीय श्रमदानमा सक्रिय छन् । पछिल्लो तीन दिनयता जनतासँगै श्रमदानमा रहेको मेयर जोशीले बताए ।

तत्कालका लागि समाधान खोज्ने र दिर्घकालीन योजना बनाएर कटान नियन्त्रणका कदम चालिने मेयर जोशीले बताए । परशुराममा हरेक वर्ष बाढीले ठूलो क्षति गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here