परराष्ट्र मन्त्रालयकी शाखा अधिकृत आस्था सुब्बाको मोटरसाइकलको ठक्करबाट निधन
१८ कात्तिक, काठमाडौं । मोटरसाइकलको ठक्करबाट परराष्ट्र मन्त्रालयकी शाखा अधिकृत आस्था सुब्बाको निधन भएको छ ।
मन्त्रालयकी प्रवक्ता सहसचिव सेवा लम्सालले अधिकृत आस्थाको निधन भएको जानकारी दिइन् ।
सिंहदरबारस्थित मन्त्रालयबाट बाहिरिने क्रममा बिहीवार साँझ अनामनगर सडकमा मोटरसाइकलले आस्थालाई ठक्कर दिएको थियो ।
उनलाई प्रदेश नम्बर ३–०२–००८ प ३६१७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको र प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनालगत्तै उनलाई उपचारका लागि काठमाडौं मोडल अस्पतालमा भर्ना गरिएको भए पनि निधन भएको प्रवक्ता लम्सालले बताइन् ।
प्रतिक्रिया दिनुहोस्